काठमाडौँ–१९ मा काँग्रेस विजयी


 


काठमाडौँ, जेठ ९

स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १९ मा नेपाली काँग्रसको पूरै समूह विजय भएको छ ।

अध्यक्षका उम्मेदवार काँग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९ र उहाँका प्रतिद्वन्द्वी नेकपा९एमाले०का आनन्द शाहीले ८२१ मत पा्रप्त गर्नुभएको छ ।

त्यसैगरी महिला सदस्यमा रेणुकमल शाही एक हजार २३१ मत प्राप्त गर्नुभएको छ । दलित महिला सदस्यमा भने काँग्रेसका तर्फबाटै रञ्जिता परियार निरविरोध निर्वाचित भइसक्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

खुला सदस्यमा काँग्रेसकै तर्फबाट चन्द्रमान डङ्गोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

हालसम्ममा कामपा–१, २,३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सम्पन्न्न भइसकेको छ । हाल ४, ६, ७, ८, ९, १३, १५, १७, १८, २०, २१, ३१ र ३२ वडाको मतगणना जारी छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्