Deshko News
१३ आश्विन २०८०, शनिबार

१ भोटले हारेपछि अदालतमा मुद्दा !



काठमाडौं,  जेठ १०

तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दायर गरेकी छन् ।

एमाले उम्मेदवार दवाडीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाइ नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्दामा उल्लेख गरेकी छन् ।
दवाडीलाई एक मतले पराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

दवाडीले २ हजार ८ सय ५९ र थापाले २ हजार ८ सय ६० मत पाएको परिणाम सार्वजनिक गरिएको थियो । देवघाट गाउँपालिका अध्यक्ष भने एमालेकै उम्मेदवार दुर्गाबहादुर थापा निर्वाचित भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News