मोजा खोलेपछि खुट्टा गन्हाउँछ ? यी पाँच तरिका अपनाउनुहोस्


 


गर्मी मौसममा शरीरमा आउने पसिनाले मानिसको शरीरमा गन्हाउने समस्या हुन्छ । अझ जुत्तासंगैको माजाले मानिसको खुट्टा झन गन्हाउने हुन्छ ।

जसले गर्दा मानिसहरु बसेको ठाउँमा मोजा खोलेर एक्कासी जान सकिँदैन । मोजा खोजेर खुट्टा गन्हाउने समस्या हटाउन हामी घरेलु उपायँ पनि अपनाउन सक्छौं :

–जुत्ता खोलेपछि पानीमा केही नुन मिलाउनुहोस् र त्यसमा १५ देखि २० मिनेटसम्म खुट्टा डुबाउनुहोस् । यसले खुट्टाबाट निस्कने दर्घन्ध हट्नुका साथै थकान पनि मेटिन्छ।

–पानीमा एक प्रकारको औषधि भिनेगर हाल्नुहोस् र एक हप्तासम्म दैनिक ३० मिनेट खुट्टा डुबाउनुहोस् । यसले गन्ध हट्नका साथै व्याक्टेरिया पनि नष्ट हुन्छ ।

–एक गिलास पानीमा दुईवटा ‘टी व्याग’ हाल्नुहोस् र सामान्य पानीसंग मिलाउनुहोस् । सो पानीमा आधा घण्टा खुट्टा डुबाउनुहोस् । यसले पनि खुट्टामा आउने गन्ध हटेर जान्छ।

–यदि माथिका सबै उपायँ अपनाउने समय छैन भने दैनिक रुपमा नहाइसकेपछि खुट्टामा पाउडर लगाउनुहोस् । यसले गर्दा खुट्टामा पसिना आउँदैन भने गन्धन पनि आउँदैन ।

–यसका साथै माजो खरिद गर्ने बेला उसको गुणस्तरियतामा पनि ध्यान दिनुहोस् । नाइलन र कटनको कपडाबाट बनेको मोजा प्रयोग गर्दा राम्रो हुन्छ । यसले पसिना सोस्न मदत गर्छ । गन्ध पनि कम आउँछ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्