Deshko News
१६ आश्विन २०८०, मंगलबार

आठ किलो चाँदीसहित एक जना पक्राउ



धनुषा, जेठ १२

करिब आठ किलो चाँदीसहित एकजनालाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ गरेको हो ।

ज १ प २१७९ नंको रातो अपाचे मोटरसाइकलको सिटमुनि लुकाएर भारतबाट आइरहेका बेला जाँच गर्दा उक्त परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरेको चाँदीको गरगहना झन्डै रु चार लाख ९५ हजार बराबरको रहेको छ । पक्राउ परेका यादवलाई म्याद थप गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News