Deshko News
१६ आश्विन २०८०, मंगलबार

भरतपुरमा एमाले सडकमा, अध्यक्ष ओली पनि जाँदै (तस्बीरसहित)



लक्ष्मण गौतम
भतरपुर, जेठ १६
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यात्ने माओबादीका एजेन्टलाई तत्काल कार्वाही गर्नुपर्ने र मतगणना गर्नुपर्ने माग गर्दै भरतपुरमा एमाले आन्दोलित भएको छ । हिजो भएको घटनापश्चात नै एमाले आन्दोलित भएको हो ।

अहिले एमालेका नेता तथा कार्यकर्ताहरु तत्काल मतगणना गर्नुपर्ने र दोषिलाई कार्वाही गर्नुपर्ने माग गर्दै मतगणनास्थलमा धर्ना दिन जम्मा भइरहेका छन् । करिब १० हजारको संख्यामा रहेका एमाले नेता तथा कार्यकर्ताहरु धर्ना दिनका लागि नारायणगढ पुल्चोकबाट मतगणनास्थलमा गइरहेका छन् ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली पनि मतपत्र च्यातिएपछिको स्थिति बुझ्न भरतपुर जाने भएका छन् । ओलीले प्रमुख निर्वाचन आयुक्तलाई भरतपुरको वडा नम्बर १९ मा पुनः निर्वाचन नगरि च्यातिएका बाहेकको मतगतणना गर्न लगाउन आग्रह गरेका छन् ।

 

 

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News