चुनाव नजिकिएपछि किन खटाइयो जलेश्वर कारागारमा नेपाली सेना ?


 



गौशाला, जेठ १७
महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा हिजोदेखि नेपाली सेना खटाइएको छ ।

स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप जलेश्वर कारागारमा नेपाली सेना खटाइएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

उहाँले जलेश्वरको परिकौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणबाट उपसेनानी कृष्णहरि खड्काको नेतृत्वमा ३३ जना नेपाली सैनिकले मङ्गलबारदेखि जलेश्वर कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको उहाँले बताउनुभयो । यसअघि जलेश्वर कारागारमा निर्वाचन अवधिभरका लागि नेपाली सेनालाई सो जिम्मेवारी दिइने गरेको जेलर ठाकुरले बताउनुभयो ।

कारागार सुरक्षाका लागि नेपाली सेनाले जिम्मेवारी सम्हाले पनि प्रशासनिक कामकाजका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक सोनु सिंहको नेतृत्वमा सातजना प्रहरीले जलेश्वर कारागारमा सुरक्षा दिँदै आएका छन् । जलेश्वर कारागारमा अहिले ३९ महिला, चार आश्रितसहित ३९७ कैदीबन्दी रहेका छन् । रासस

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्