असोज १५ भित्र मेलम्ची आउने सम्भावना न्यून


 


काठमाडौं, जेठ २३

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक १७ मिटरका दरले सुरुङ खन्दै आएको छ । १५ असोजभित्र उपत्यकाभित्र खानेपानी ल्याउन दैनिक २८ मिटरका दरले सुरुङ खनिनुपर्ने थियो । २७.५८४ किमिमध्ये २४.३४९ किमि सुरुङ मात्र सकिएको छ । अझै ३.१६६ किमि सुरुङ खन्न बाँकी छ ।

अहिले दुई प्याकेजमा चार स्थानबाट सुरुङ खन्ने काम हुँदै आएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको करिब १० किमि सुरुङ खन्ने काम सकिएको छ ।

अब सिन्धुदेखि ग्याल्थुमसम्मको सुरुङ खन्न बाँकी छ । खन्ने क्रममा नरम चट्टान भेटिएको ठाउँ पनि यही हो । अन्यत्रसमेत गरेर अब ३.१६६ किमि सुरुङ खन्न बाँकी छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्