‘विकासका लागि युवा तथ्याङ्क’ कार्यशाला सम्पन्न


 


काठमाडौं, जेठ २४
नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद् र विकास उद्धमीको संयुक्त आयोजनामा ‘विकासका लागि युवा तथ्याङ्क’ नामक एकदिने कार्यशाला काठमाडौँ त्रिपूरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ ।

युवा तथ्याङ्क व्यवस्थापन कसरी प्रभावकारी ढङ्गबाट गर्न सकिन्छ र नेपालमा युवा जनगणनाको अवधारणागत स्वरूप कस्तो हुनुपर्छ भन्ने विषयमा प्रस्तुतिकरण सहितको कार्यशाला भएको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, उद्योग, कृषि विकास, श्रम तथा रोजगार, सँस्कृति तथा पर्यटन, शान्ति तथा पुनर्निर्माण जस्ता विभिन्न २३ वटा सरकारी मन्त्रलयका अधिकृतहरूका साथै सिटिइभिटि सहित युवाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूको उपस्थिति थियो ।

कार्यक्रमको प्रमुख आथित्यता युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री महेश प्रसाद दाहालले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलका र सहसचिब मुक्ति सिंह ठकुरीले मन्तव्य दिँदै युवाको शशक्तिकरणको लागि सबैभन्दा पहिला युवा व्यवस्थापन हुनुपर्नेमा जोड दिएका थिए ।

बक्ताहरूले राष्ट्रिय युवा दुरदृष्टि २०२० को कार्यान्वयनको लागि युवा तथ्याङ्कले ठुलो सहयोग गर्ने बताए ।

कार्यक्रममै विकास उद्धीका सिइयो सन्तोष गडतौला र विकास उद्यमीकै अभियान नेपाल इन डाटाका कार्यक्रम संयोजन महेश्वर गिरीले विभिन्न निकायहरुबाट प्रकाशित युवा सम्बन्धी तथ्याङ्कहरूलाई कसरी व्यस्थित गर्न सकिन्छ र त्यसको विश्लेषणको आधारमा कसरी नँया अवसरमुखी नीति निर्माण र कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा प्रस्तुतीकरण गरेको थियो ।

दुई भागमा सञ्चालित कार्यशालामा हरेक प्रस्तुतिपछि सहभागीहरूबाट प्रतिक्रिया र सुझाव सङ्कलन पनि गरिएको थियो ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्