यी हुन् अन्डरवल्र्डका खतरनाक महिला डन, जो उत्तिकै सेक्सी पनि छन्


 


एजेन्सी
तपाईले महिला डनको बारेमा त्यति धेरै जानकारी नपाउनु पनि भएको हुन सक्छ । जब डन भन्ने वित्तिकै हाम्रो दिमागमा पुरुष आकृति बन्छ । तर, दुनियामा खतरनाक महिला डन पनि छन् ।

क्लाउडिया ओचाओ 

क्लाउडिया ओचाओ मेक्सिकोकी हुन् । उनलाई ‘मेक्सिकोकी किम करदाशियां’ को नामबाट पनि चिनिन्छ । सन १९८० मा जन्मेकी क्लाउडिया खतरनाक डनको रुपमा चिनिन्छिन् । उनी सामाजिक सञ्जालमा पनि आफ्नो फोटोहरु पोष्ट गरिरहन्छिन् ।

ग्याङ्गस्टार सान्द्रा

मेक्सिकोकी सबैभन्दा बढी ड्रग डिलरको रुपमा परिचित ग्याङ्गस्टार सान्द्रालाई ‘क्वीन अफ पेसेफिक’ को नामबाट पनि भन्छन् । ११ अक्टूबर १९६० मा जन्मेकी सान्द्रा ड्रग साम्राज्य यति ठूलो थियो कि जसले गर्दा उनी मेक्सिकोकी सबैभन्दा धनी महिलाको रुपमा थिइन् । उनले दुई पटक विहे गरिन् जो दुबै जना प्रहरी थिए । पछि उनीहरुको दबैको हत्या भयो र त्यसको आरोप सान्द्रालाई लाग्यो ।

मेलिसा काल्डेरोन

मेलिसा काल्डेरोनलाई दुनियाकै खतरनाक ग्याङ्गस्टार भन्ने गरिन्छ । एक अनुमानअनुसार उनले अहिलेसम्म १५० जनाको हत्या गरिसकेकी छन् । प्रहरीकाअनुसार मेलिसाको ग्याङ्गमा ३०० बढी मानिस आबद्ध छन् । अहिले उनी जेलमा छिन् ।

मेन्था ल्यूथवेट

‘व्हाइट विडो’ नामबाट कुख्यात ब्रिटेनकी महिला आतंकवादी सेमेन्थालाई ल्यूथवेटमा ४०० मानिसको हत्या गरेको आरोप छ । यससँगै सोमालिया र केन्यामा आतंकवादी कारबाही, आत्मघाती हमला र कार बम विस्फोटमा पनि सामेल भएको आरोप छ।

३२ वर्षीया सेमन्थाले सोमालियाको आतंकवादी समूह अल शबाबमा सहभागी भएपछि ४०० मानिसको हत्या गरेकी थिइन् । त्यसमाथि केन्या विश्वविद्यालयमा पनि हमला गरेको आरोप छ । जहाँ चार बच्चासहित १४८ मानिसको मृत्यु भएको थियो । प्राप्त खबरअनुसार उनी अहिले इस्लामिक स्टेटलाई सहयोग गरिरहेकी छन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्