कविता – के भो यो देशमा आज


 


ramesh
रमेश थापा

के भो यो देशमा आज कसले गर्यो कस्तो अतिरन्जित यो

लुच्चा नेता फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ।

चार वर्ण छत्तीस जातको साझा फुलबारी

यो हाम्रो देशमा बिबिध जात किन दलित, जनजाति, मधेशी र पण्डित भो ।

लुच्चा नेता फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो

हिमाल-तराई र मेची-महाकाली थियो

एउटै नाम नेपाली, सुन्दर शान्त बिशाल प्यारो देश टुक्रा टुक्रामा खण्डित भो ।

लुच्चा नेता फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो

स्वतन्त्र स्वाभिमानी नेपाली जनता,

गगनमा उड्ने पक्षी झैं तिनै नेपाली बिना अर्थ आ-आफ्नै घरमा थुनिएर बन्धित भो ।

लुच्चा नेता फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो

(घोरेटार भोजपुर)

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्