Deshko News
१३ आश्विन २०८०, शनिबार

हेर्दाहेर्दै फार्ममै जले १ सय १९ गाई, करोडौंको क्षति




काठमाडौं, असार ४
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ रुप्सेटारस्थित एक गाई फार्ममा हिजो आगलागी हुँदा १ सय १९ गाई जलेका छन् ।

ओखलढुंगाका बाबुराम कार्कीले सञ्चाल गर्दै आएको ‘ओम कृषि फार्म’ मा हिजो विहान करेन्ट सर्ट भएर आगो लागेको थियो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी अच्युत पुडासैनीका अनुसार बाँसको छानोमाथि टिन लगाएको र अचानक करेन्ट सर्ट भएर सल्किएको आगो फार्ममा फैलिएको थियो ।

फार्ममा रहेका १ सय २२ गाईमध्ये १ सय १९ गाई जलेको सञ्चालक कार्कीले बताए । जसमध्ये ७५ दुहुना, २२ ब्याउने र अन्य साना बाच्छी थिए। कार्कीका अनुसार एउटा दुहुनो गाईको मूल्य दुई लाखसम्म पर्छ।

आगलागीमा १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरा पूर्ण रुपमा नष्ट भएको छ। आगलागीबाट यकिन क्षति विवरण नआएको भएपनि करोडौंको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News