अनिस खालिङको नयाँ जीवन (फोटो कथा)


 


भोजपुर, असार २४

हत्या अभियोगमा युएईको जेलमा रहेका अनिश खालिङ राई बुधबार नेपाल अाइपुगेका छन् । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ राई बुधवार जेलबाट रिहा भई नेपाल फर्किएका हुन् । अनिश बुधबार राती १० बजे नेपाल आइपुगेका थिए ।

संखुवासभाको मत्स्यपोखरीका अनिश युएई आएको एकवर्ष पछि २०६९ साल कात्तिकमा जेल चलान गरिएको थियो । उनलाई युएईको अलऐन जेलमा राखिएको थियो । नेपाल फर्काउन उहाँलाई एकहप्ता अघि नै जेल प्रशासनले कैदी रिहा गर्ने विभाग पुर्‍याएको थियो ।

विमानस्थलमा पुगेका अाफन्त र शुभचिन्तक माझ अनिशले भने ‘म मृत्युको मुखमा पुगेर फर्किएर आएँ । अब मेरो बाँकी जीवन अन्यायमा परेकाहरुको हितमा लगाउँछु ।’ हेरौ उनको नयाँ जीवनका केही तस्बिरहरु

Anish (2)Anish kahlingAnish (1)anish

8654

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर हामीले नयाँपेज र शिखरपोष्टबाट लिएका हौं

प्रकाशित मिति: २४ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्