Deshko News
१६ आश्विन २०८०, मंगलबार

बँदेल मार्न थापेको पासोमा परेर एकको मृत्यु



सर्लाही, असार ९

बँदेल मार्नका लागि घर नजिकैको मकैबारीमा राखिएको बिजुलीको नाङ्गो तारको पासोमा पर्दा करेन्ट लागेर सर्लाहीको हरिवनमा एक जनाको मृत्यु भएको छ ।

हरिवन नगरपालिका– १० इनार टोलका ३५ वर्षीय मानबहादुर सारु मगरको बिहीवार बिहान करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
मगरको घटना स्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक उदयभान द्धिवेदीले जानकारी दिए । मृतकको शव पोष्टपार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सर्लाहीमा जंगली जनावरको शिकार गर्न जथाभावी विद्युतीय पासो थाप्ने क्रम बढेको छ । एक महिना अघि मात्रै विद्युतिय धरापमा परि सर्लाहीको नवलपुरमा एक महिलाको ज्यान गएको थियो ।

नजिकैको जंगलबाट खेतबारीमा चर्न आउने जंगली जनावर मार्नका लागि शिकारीहरुले बिजुलीको नाङ्गो तार जथाभावी बिच्छयाउने गरेका छन् ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News