Deshko News
१३ आश्विन २०८०, शनिबार

भारतसँग जोडिएको सीमानाका बन्द गरिने



बैतडी, असार १०

यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ ।

दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई ध्यानमा राखी सीमानाका बन्द गर्ने सहमति भएको बैतडीका प्रजिअ तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर भारतको पिथौरागढ जिल्लाका डिएम, दार्चुला र बैतडीका प्रजिअ र सुरक्षा निकायका प्रमुखको बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको हो ।

सोअनुसार यही असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द हुने छ । सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराध न्यूनीकरण गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी सिकारलगायत अपराधको न्यूनीकरणका विषयमा दुवै देशका सुरक्षा अधिकारी चनाखो रहने सहमति भएको उहाँले बताउनुभयो । यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुङ्गे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ । रासस

प्रकाशित मिति: १० असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News