Deshko News
१३ आश्विन २०८०, शनिबार

आज मध्यरातिदेखि मौन अवधि, चुनाव प्रचारको अन्तिम दिन




काठमाडौं, असार ११
स्थानीय तहको दोस्रो चरणअन्तर्गत असार १४ गते हुने चुनावका लागि आज प्रचार–प्रसारको अन्तिम दिन हो । निर्वाचन आचारसंहिताअनुसार आज मध्यरातिदेखि नै मौन अवधि सुरु हुन्छ ।

मतदान नसकिएसम्म लागू हुने मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न पाइने छैन । आज अन्तिम दिन भएकाले उमेदवारले प्रचारप्रसार गर्न खटिएका छन् ।

सञ्चारमाध्यमहरुलाई पनि मौन अवधि लाग्ने गर्छ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News