Deshko News
१३ आश्विन २०८०, शनिबार

सशस्त्र प्रहरी नायव महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान




काठमाडौं, असार ११
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका पाँच जनालाई आइतबार दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषदको असार ९ गतेको निर्णय नायव महानिरीक्षकमा पदोन्नती भएका चिरञ्जीबी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रबिणकुमार श्रेष्ठ र कविन्द्रमान श्रेष्ठलाई महानिरीक्षक श्रेष्ठले विषेश समारोहकाबीच दज्र्यानी चिन्ह प्रदान गरे ।

सो अवसरमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले पदोन्नती, सरुवा लगायतका कार्यहरुबाट संगठनले एक किसिमको गति प्रदान गर्नुको साथै कर्मचारीको बृत्तिविकासमा समेत टेवा पुग्ने गरेको बताए ।

यस अवसरलाई सदुपयोग गर्दै आफूसँग भएको ज्ञानसीप र क्षमतालाई संगठनको इज्जत प्रतिष्ठा अभिबृद्धि गर्नेतर्फ लगाई संगठनलाई अझै सशक्त ढंगबाट अगाडि बनाउने कार्यमा योगदान पु¥याउनुु पर्ने उल्लेख गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता श्रेष्ठलगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, नारायणबाबु थापा र रामशरण पौडेललगायतको सहभागिता रहेको थिया ।

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News