कास्कीमा पहिरोले घर पुरियो, एक ट्रयाक्टर बाढीले लियो


 



पोखरा, असार १३
कास्कीमा परेको भीषण वर्षापछि आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका –२४ कास्कीकोटमा एक घर पुरिएको छ ।

मध्यरातमा आएको पहिरोले डिल्लीराम सुवेदीको घर पुरेको प्रहरीले जनाएको छ । पहिरोबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए ।

घरधनी सुवेदी भने सामान्य घाइते भएका छन् । घरमा भएको अन्नबाली, लत्ता कपडालगायत नष्ट भएको छ ।

त्यस्तै, महानगरपालिकाको वडा नम्बर ३३ मा बाढीले एउटा ट्रयाक्टर बगाएको छ । स्थानीय बडीघाटबाट बालुवा लिन गएको ट्रयाक्टरलाई आज बिहानै बाढील बगाएको हो ।

प्रकाशित मिति: १३ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्