Deshko News
१३ आश्विन २०८०, शनिबार

सिरियामा हवाई आक्रमण ४० सर्वसाधारण मारिए



दमासकस, असार

सिरियाको पूर्वी प्रान्त देइर अल जोउर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ४० सर्वसाधारणको मृत्यु भएको छ । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले सो जानकारी दिएको छ ।

सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । जारी सो द्वन्द्वमा परी हालसम्म ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

उक्त द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौले आफ्नो देशभित्र र विदेशमा शरणार्थी जीवन बितारहेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News