म्यादी प्रहरी नदीमा बेपत्ता



धनकुटा, असार १६

धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा बगेर आज बेपत्ता भएका छन् ।

दिउँसो गर्मी भएकाले तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

धनकुटाको मौनाबुधक घर भएका लिम्बू खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरी चौकीअन्तर्गतका मतदानस्थलको सुरक्षाका लागि खटिएका थिए । बेपत्ता भएका लिम्बूको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News