पूर्व सहायक मन्त्री चन्द नगरपालिकाको मेयर बने



बैतडी, असार १८
पूर्व सहायक मन्त्री केशबबहादुर चन्द बैतडीको पाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको मेयर पदका उम्मेदवार चन्दले ४ हजार ८३३ मत ल्याएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश बिकले ३ हजार ३ सय ८२ मत प्राप्त गरे ।

यस्तै, उपमेयरमा पनि कांग्रेसकै सरस्वती कोली ३ हजार ६ सय ९५ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुरा भट्टराईले ३ हजार ४ सय ५६ मत प्राप्त गरिन् ।

पाटन नगरपालिकामा कांग्रेस, एमाले र माओबादीले तीन/तीन वडा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News