Deshko News
६ आश्विन २०८०, शनिबार

घोहारी उपमहानगरमा एमाले विजयी, मेयर बने नरुलाल चौधरी




घोराही, असार १९
दाङको घोराही उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । घोराहीको मेयर र उपमेयर एमालेको पोल्टामा गएको छ ।

एमालेका नेता नरुलाल चौधरी २२ हजार ३० मतसहित उपमहानगरपालिकाको मेयर पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे ।

तेस्रोमा रहँदै माओवादीका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै सीता न्यौपाने भारी मतले विजयी भएकी छन् । उनले २० हजार ७९२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७ हजाार ६०३ मा मत ल्याइन् ।

त्यस्तै दाङमा कमजोर मानिएको भनिएको एमालेले घोराहीका १९ वटा वडा मध्ये एमालेले १० मा जित हात पारेको छ । यहाँ कांग्रेसले ६ र माओवादीले तीन वडा जितेको छ ।

यससंगै नेकपा एमालेले उपमहानगरपालिकामा पनि विजयी सुरुवात गरेको छ । दाङकै तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेले अग्रता कायम गरेको छ ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News