कैलालीको लम्कीचुहा र घोडाघोडीमा एमाले विजयी


 


कैलाली, असार २१
कैलालीको लम्कीचुहा नगरपालिका नगरपालिका र घोडाघोडी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । घोडाघोडीमा एमालेका ममताप्रसाद चौधरीले ८ हजार १६४ मत पाएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए । उपमेयरमा पनि एमाले विजयी भएको छ । एमालेकी प्रेमाकुमारी थापा ७ हजार २३४ मतसहित विजयी भइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउनेले ७ हजार ६४ मत ल्याइन् ।

त्यस्तै, लम्कीचुहा नगरपालिकामा पनि मेयर उपमेयरमा एमाले विजयी भएको छ । एमाले मेयरमा महादेव बझगाई र उपमेयरमा टिकाकुमारी थापा विजयी भएका छन् ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्