यार्सागुम्बासहित चिनियाँ नागरिक पक्राउ



रसुवा, असार २२

अवैधरुपमा नेपालबाट चीनतर्फ लान लागेको यार्सागुम्बासहित एक चिनियाँ नागरिक रसुवागढीमा आज अपराह्न पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पक्राउपर्नेमा २४ वर्षीय चिनियाँ पुरुष सञ्जेही (कगलशजभ रहेका छन् ।

बुट्टेदार बट्टामा प्याकिङ गरी लुकाइछिपाइ चीनतर्फ लान लागेको अवस्थामा ती चिनियाँ नागरिकबाट २९६ थान यार्सागुम्बा बरामद गरिएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई हिमाली राष्ट्रिय निकुञ्ज ऐनअनुसार कारबाहीका लागि केही समय अगाडि लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइ थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News