मध्यपुरथिमिमा खानेपानी पहिलो प्राथमिकता : मेयर मदनसुन्दर




भक्तपुर, असार २८ 

मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रको समग्र विकासका लागी जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार गरेको एक कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुरथिमि क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताए ।

नगर क्षेत्रको समग्र विकासका लागि गएका बर्षको तुलनामा ३ गुणाबढी बजेट विनियोजन गर्ने बताउँदै उनले ३० गते नगरपरिषद् समापनका दिन विनियोजन बजेट सार्वजनिक गरिने जानकारी दिए ।

मध्यपुरथिमिमा नक्सापास र भवन निर्माणका साथै यस क्षेत्रका नागरिकलाई करको दायरामा ल्याउने काम एकदमै चुनौती रहेको भएपनि यसको कार्यान्वयनका लागि नगरपालिका लागि परेको उनले बताए ।

उनले मध्यपुरथिमी नगरपालिका क्षेत्रमा अहिलेसम्म २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको जानकारी दिँदै अझै ८० प्रतिशत नागरिक करको दायरामा आउन सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News