दक्षिण कोरियामा कामदारको तलब बढ्यो, अब कति पुग्यो नेपालीको तलब ?


 


काठमाडौं, साउन १
दक्षिण कोरियामा कामदारको तलब १६.४ प्रतिशतले वृद्धि भएको छ । शनिबार बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१८ का लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।

वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैयाँ पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५ लाख ७३ हजार ७ सय ७० अर्थात मासिक नेपाली १ लाख ४२ हजार ७ सय ४७ रुपैया हुनेछ ।

आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो । गत वर्ष ७ प्रतिशतले वृद्धि भएको थियो । जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन् ।

शनिबार तलब वृद्धि गर्ने त्रिपक्षिय सहमती अनुसार सरकारले त्यसलाई अगष्ट ५ तारिख कानूनी प्रारुप दिने छ भने २० दिनको अवधिमा संसदमा छलफल हुने छ।

यसैबीच तबल वृद्धि गर्ने निर्णयले यहाँ कार्यरत लाखौं कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्