एउटै बाघले १९ जना मार्यो, पश्चिम चितवनमा ‘नंग्रा बघिनी’


 



चितवन, साउन ५

बाघ धर्तीको सुन्दर जनावर हो । बाघलाई हिंस्रक वज्यजन्तुको रुपमा पनि चिनिन्छि । सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैन ।

हिंस्रक भईहालेमा अल्पिनीय घटना पनि हुन सक्छ । भनिन्छ, बाघ हिंस्रक भयो भने यसलार्य रोक्न सकिँदैन । चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा रहेका लगभग सवा सय बाघमध्ये २२ मात्रै मान्छे र पशुमाथि आक्रमण गर्ने र ज्यानसमेति लिने गरेको देखिएको छ ।

तीमध्ये एक बघिनिले १९ जना मान्छे मारेकोा पत्ता लागेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

सो बघिनी पश्चित चितवनको कालाबञ्जर मध्यवर्ती उपभोक्ता समिति क्षेत्र अन्तर्गतका बस्तीभन्दा केही पर नारायणी नदीको भंगालो र सामुदायिक वन क्षेत्रमा ओहोरदोहोर गर्छे ।

लगभग १३ वर्षकी बघिनीको देब्रे खुट्टाको नंग्रा अलि बांगिएको छ । त्यसैले उसलाई ‘नंग्रा बघिनी’ भनिन्छ । सन २००८ बाट मान्छे मार्न थालेकी बघिनीले २०१६ सम्म आइपुग्दा मारिने मानिसको संख्या १९ पुगेको छ ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्