तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता कहिले ? (तालिकासहित)


 


काठमाडौं,  साउन ५

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले विहीबार कार्यतालिकासहितको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका अन्तर्गत भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय गरेको छ ।

यस्तै, असोज २ गते विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय । राखिएको आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । तेस्रो चरणको निर्वाचनमा असोज २ गते प्रदेश नं. २ का आठ जिल्लाका १२७ स्थानीय तहमा निर्वाचन हुनेछ ।

यस्ताे छ कार्यतालिका  :

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्