एक रुपैयाँमा तीन केजी चामल !


 


काठमाडौं, असार ३१ 

भूकम्प पीडितलाई कुहिएको चामल वितरण गरेको आरोप खेप्दै आएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीले विश्वमै सबैभन्दा सस्तो मूल्यमा चाम खरिद गरी नेपाल ल्याएको छ ।

विभिन्न आपूर्तिकर्तामार्फत प्रतिकेजी ३४ पैसामा चामल खरिद गरी उसले नेपालका भूकम्प पीडितलाई राहत स्वरुप वितरण गरिरहेको छ ।

वैशाख १२ को भूकम्पपछि सरकारले जेठ २० सम्म भित्र्ने सम्पूर्ण राहत सामग्रीलाई भन्सार छुट दिने निर्णय गरेको थियो । त्यही अवधिमा डब्लुएफपीले नेपालका भूकम्प पीडितलाई राहत भन्दै ४८ लाख १० हजार केजी चामल छुटमा भित्र्याएको थियो भन्दै अाजको नागरिक दैनिकले खबर प्रकाशित गरेको छ ।

प्रकाशित मिति: ३१ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्