१० करोड बोकेर सभासद जिल्लामा


 


काठमाडौं, असार ३१

संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव संकलन गर्न सभासदहरु १० करोड बोकेर जिल्ला जाने भएका छन् ।

जिल्ला जिल्ला खटिने टोलीमा सभासदसँग संसद सचिवालयका कर्मचारी, कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका कर्मचारी समेत रहनेछन् ।

सभासद र कर्मचारीको संयुक्त टोलीले संसदको लेखा शाखाबाट बुधबारसम्ममा १० करोड रुपैयाँ बुझिसकेका छन् । संविधानसभाका ५ सय ९८ सभाद साउन १ गते जिल्ला गई एक सातापछि फर्कनेछन् भनेर अाजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ३१ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्