महिलालाई कुन समयमा यौन चाहना बढी हुन्छ ?


 


हामीले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाउँछन् । तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु निक्कै जरुरी छ ।

सम्भोग पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु ।तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व पाउँदैन त्यसैले सम्भोग बैबाहिक जीवन नारकीय बन्न पुग्छ ।

खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो । आखिर मानिसको जीवनमा सम्भोगका लागि उपयुक्त उमेर र समय कुन हो त ?

हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ ।

तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ।यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ ।

रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् । विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् ।

यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ ।
एजेन्सी

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्