चार दलबीचकाे सहमतिकै आधारमा संविधान जारी हुन्छ: मन्त्री शेर्पा


 


downloadविराटनगर, साउन १

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले चार दलबीच भएको सहमतिकै आधारमा संविधान जारी हुने बताएका छन्। विराटनगरमा शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा उनले साउन महिनाभरिमा संविधान जारी हुने स्पष्ट पारे।

उनले प्रारम्भिक मस्यौदा आफै‌मा अन्तिम नभएकाेले यस सम्बन्धमा जनताले दिएका सुझावलाई समेटेर देखिएका कमीकमजोरीलाई संविधानसभामार्फत समाधान गरिने उल्लेख बताए। नेपाली–नेपालीबीच सदियौँदेखि रहेको सद्भावलाई जीवन्त राख्नुपर्ने उल्लेख गर्दै उनले संविधानमा सबैको भावना समेटिने विश्वास व्यक्त गरे।

प्रजातन्त्रमा बहुमतको कदर हुने गरेको धारणा व्यक्त गर्दै उनले लाेकतन्त्रमा आन्दोलन गर्ने छुट रहेको तर बढी आत्मकेन्द्रित नहुन प्रारम्भिक मस्यौदाको विरोधमा उत्रेका दलहरुलाई आग्रह गरे। रासस

प्रकाशित मिति: १ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्