भूकम्पपीडितलाई राहत रकम


 


भोजपुर, साउन २

जिल्ला बचत तथा ऋण सहकारी संघ भोजपुरको अगुवाईमा भूकम्प पीडितहरुका लागि संकलन गरिएको राहत रकम दैविक प्रकोप तथा उद्धार समितिलाई हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट पीडित बनेका परिवारहरुको सहयोगार्थ संघमा आवद्ध ३८ वटा सहकारी र सहकारी अभियन्ताहरुबाट संकलित एक लाख ६८ हजार नौ सय ४३ रुपैयाँ राहत रकम जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेललाई संघका अध्यक्ष भरत ताम्राकारले रकम हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: २ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्