कांग्रेसका जिल्लास्तरीय नेतासहित ३० जनाले दिए राजीनामा
![](https://www.deshkonews.com/wp-content/uploads/2016/08/Nepali-congress.jpg)
बाजुरा, साउन २७
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका संगठन विभाग प्रमुख तथा पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले राजीनामा दिएका छन् ।आजको कारोबारमा खबर छ ।
विहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले संयुक्त रुपमा पदबाट राजीनामा दिएको घाेषणा गरेका हुन् । नेपाली कांग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानी रुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख उपप्रमुख र सदस्यहरु छनौटमा एकलौटी गरेको प्रति असन्तुष्ट जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले बताए ।
राजीनामा दिनेमा नेपाली कांग्रेसका ७ जना जिल्ला कार्य समिति सदस्य धनराज पण्डित, उमा रोकाया, गोविन्द्र सिंह, नन्द थापालगायत छन् ।
प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार