प्रदेश नम्बर २ मा कति स्थानीय तह थपिँदैछन् ? (सूचीसहित)


 



काठमाडौं, साउन २८
सर्वोच्च अदालतले बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै उक्त प्रदेशमा ९ वटा थपिएर स्थानीय तहको संख्या १ सय ३६ पुग्नेछ ।
देशभर कुल स्थानीय तहको संख्या ७४४ बाट बढेर ७५३ हुनेछ ।

स्थानीय तह पुनः संरचना आयोगले प्रतिवेदन बुझाइसकेपछि मधेसी दलकै दवाबमा प्रदेश नम्बर २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि हुँदैछ । यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुनः संरचना प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएको थियो । यतिबेला ९ वटा थपिँदै छन् ।

प्रदेश नम्बर २ हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगर सहित ७७ नगरपालिका हुनेछन् । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्