बाढी पहिरोको वितण्डा : देशभर ३० जनाको मृत्यु


 


काठमाडौं, साउन २८
शुक्रबारदेखि देशका विभिन्न ठाउँमा परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा गरि ३० जनाको मृत्यु भएको छ ।

पूर्वदेखि पश्चिमसम्मका तराई र केही पहाडी जिल्लाहरुहरुमा परेको अविरल वर्षासंगैको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको छ । जनजीवन निकै कष्टपूर्ण बनेको छ ।

गृह मन्त्रालयले जनाएअनुसार बाढी पहिरोमा परेर ३० जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता समेत भएका छन् । बाढी पहिरोले बस्तीनै जोखिममा परेपछि कैयौं परिवार विस्तापित समेत भएका छन् ।

गृह मन्त्रालयका अनुसार सबभन्दा बढी सुनसरीको इटहरीमा ७ जनाको मृत्यु भएको छ। त्यस्तै, झापामा ४, मोरङ ३, सिन्धुली ४, पाँचथर ३, बाँके ३ र बारा, दाङ, सर्लाही, पाल्पा तथा बर्दियामा १/१ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ । त्यस्तै, बाँकी पश्चिम तथा पहाडी क्षेत्रका मानिसहरुले ज्यान गुमाएका छन् ।

बाढी पहिरोले वितण्डा मच्चाएपछि गृहमन्त्रालयले उद्धार तीव्र पार्न र बाढीपीडितलाई सुरक्षित ठाउँमा सार्न निर्देशन मातहतका निकायलाई निर्देशन दिएको छ ।गृहमन्त्रालयले उद्दार कार्य तिब्र पार्न मातहका निकायलाई निर्देशन जारी गरेपनि प्रतिकुल मौसमका कारण उद्दार कार्यमा कठिनाई उत्पन्न भइरहेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्