बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुग्यो, ३८ अझै बेपत्ता


 


काठमाडौं, साउन ३१
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ । ३८ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट २ हजार ८ सय ४७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । ३ हजार ७ सय ४७ विभिन्न पूर्वाधार संरचनामा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

पीडितहधको उद्धारका लागि २६ हजार ७ सय व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिएका छन् । बेपत्ताहरूको खोजी, उद्धार र राहत वितरणका लागि सेनाका ७ र ६ निजी हेलिकोप्टरसहित मोटरबोट र रबर्टबोट प्रयोग गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।  अाजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्