निर्वाचन आयोगले भन्यो– दुबै निर्वाचन एकै पटक कठिन


 



काठमााडौं, साउन ३२
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले छोटो समयमा दुईवटै निर्वाचन एकै पटक गर्न कठिन भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त यादवसहितका आयुक्तहरुलाई बोलाएर प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन गरेकाे छलफलका क्रममा अायुक्त यादवले यस्ताे जवाफ दिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सकिँदैन भनेर सोधेका थिए । अायुक्त यादवले व्यवस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न सम्भव हुने सुझाव समेत दिए ।

निर्वाचनसम्बन्धी छलफलमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, सुधीरकुमार शाहलगायतको सहभािगता रहेको थियो ।

त्यस्तै उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारी तथा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपाने पनि सहभागी थिए ।

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्