अनौठो लाग्छ थवाङ !


 


timthumbभोजपुर, साउन ३

संविधानसभाको दोस्रो निर्वाचनमा शून्य मतदान गरेको रोल्पाको थवाङले संविधानको पहिलो मस्यौदामाथि छलफल गरेन । अाइतबार बिहान १० बजेदेखि ५ बजेसम्म छलफल चलाउनका लागि कार्यालयमा बसेका गाविस सचिव कोही नआएपछि मस्यौदा प्रहरीलाई बुझाएर सदरमुकाम नै फिर्ता भए।

‘तपाईहरु जानुहोस्। हामीले भोट पनि हालेनौ मस्यौदा पनि चाहिदैन,’ संकलनका लागि थवाङ पुगेका कर्मचारीलाई स्थानीयले यस्तो जवाफ दिएका थिए । उता रोल्पाकै बुढागाउँमा चन्द नेतृत्वको माओवादीले मस्यौदा सुझाब संकलन टोलीलाई कालो झण्डा नै देखायो ।

नेपाली जनताको असन्तुष्टीलाई प्रमुख दलहरुले सम्वोधन गर्न नसकेमा विद्रोहले आफ्नो रुप विशाल बनाउने चन्द पक्षीय माओवादीले बताउँदै आएको छ। संविधानको प्रारम्भीक मस्यौदामा छलफलका लागि भन्दै गाविस सचिवलाई गाउँ गाउँमा पठाईएको छ।

प्रकाशित मिति: ३ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्