Deshko News
१५ मंसिर २०८०, शुक्रबार

हिलसाइड कलेजद्वारा रक्तदान कार्यक्रम


 


काठमाडौं, भदौ २
काठमाडौ बालकुमारी कोटेश्वरस्थित हिलसाइड कलेज अफ इन्जिनियरिङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

हालै पहाडी जिल्लामा गएको पहिरो तथा तराईमा आएको बाढीको कारण फैलिन सक्ने महामारीबाट पिडित बिमारीहरुलाइ रगतको समस्या नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।

नागरिक हेल्थ ट्रष्ट फण्ड भक्तपुर र लायन्स क्लबको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कलेजका विद्यार्थी तथा टोलबासीहरुले गरेको रक्तदानमा ९० पोइण्ट रगत संकलन भएको छ ।

त्यसैगरी हेल्दिहर्ट गठाघर भक्तपुरको प्राबिधिक सहयोगमा जनरल हेल्थक्याम्प, आँखा चेकअप, फिजियोथेरापी सेवा प्रदान गरिएको कलेजका प्रशासन प्रमुख प्रध्युम्न कुमार पोखरेलले जानकारी दिए ।

आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरेको कलेजका क्याम्पस प्रमुख डा. के. एन. दुलालले बताए । साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाई थियो ।

हिलसाइड कलेज अफ इन्जिनियरिङमा बिइ सिभिल र इलेक्ट्रिकल पढ्न प्रबेश परिक्षा फाराम भरेका विद्यार्थीलाई प्रबेश परिक्षामा सहज होस भनेर निस्शुल्क प्रबेश परिक्षा तयारी कक्षामा उपस्थित विद्यार्थीहरुलाइ इन्जिनियरिङ स्कोपको बारेमा जानकारी गराउदै कलेजका एकाडेमिक कोअर्डिनेटर ध्रुब थापा र प्रबन्ध संचालक गोपिकृष्ण न्यौपानेले गराएका थिए ।

उहाँहरुले नेपाल सरकारको मुख्य लक्ष्य नै समुन्नत राष्ट्र निर्माण गर्ने भएकोले सो को लागि सडक, पुल, फाष्टट्र्याक, एयरपोर्ट, हाइड्रोपावर लगायतका आयोजना निर्माणका लागि हजारौं सिभिल इन्जिनियर आबश्यक पर्ने, गाउँपालिकारनगरपालिकामा त्यत्तिकै इन्जिनियर आबश्यक पर्ने जानकारी दिदै इलेक्ट्रिकल इन्जिनियरको हाइड१सेक्टर बाहेक एनसेल, टेलिकमको क्षत्रमा पनि त्यत्तिकै डिमाण्ड रहेको जानकारी गराउनुभएको थियो ।

त्यस्तै कलेजका अध्यक्ष शिक्षाबिद्व जनार्दन नेपालले रक्तदानमा सहभागी सबैलाई धन्यबाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्