संविधान संशोधन : संसदमा अाज बृहत छलफल हुँदै, के हुन्छ मतदान ?


 



काठमाडौं, भदौ ४
गत बुधबार व्यवस्थापिका संसदमा प्रस्तुत गरिएको संविधान संशोधन प्रस्तावमाथिको आज बृहत् छलफल हुँदैछ । संविधान संशोधन प्रस्तावमाथि ५० संशोधन परेका छन् । संशोधन हालेका ५० मध्ये एक संशोधनकर्ताले आफ्नो धारणा सोही दिन राखेका छन् ।

आयतबार संसदमा बोल्न बाँकी रहेका ४९ संशोधनकर्ताले धारणा राख्ने पालो छ । संशोधन प्रस्तावमाथि अन्य सांसदहरुले पनि आफ्नो धारणा राख्नपाउने छन् । आज संशोधनबारे बोल्ने वक्ताहरु धेरै हुने भएकाले आइतबार मतदान सम्भवन नहुने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।

लामो समयदेखि विवादमै रहको संविधान संशोधन प्रस्ताव यसपटक राजपा निर्वाचनमा आउन सहमत भएपछि संसदमा प्रस्तुत गरिएको छ । राजपाले संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश गरेको खण्डमा निर्वाचनमा भाग लिने जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेलगायतका अन्य केही साना दलहरु संशोधन प्रस्तावको विपक्षमा छन् । यद्यपि यी दलहरु संसद्बाट प्रक्रियागत रूपमा टुंगो लगाउन सकारात्मक छन् । यो प्रक्रियामा विपक्षी दलहरु विपक्षमा मतदान गर्ने तयारीमा छन् ।

संसद्मा कायम भएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ । तर, एमाले, राप्रपा र साना दलको सहयोग नहुँदा संशोधनमा दुईतिहाइ पुग्न गाह्रो छ ।

तर, पनि संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेस गरिँदैछ । संविधान संशोधन गर्न २२ मत अपुग छ । सत्तारुढ दल तथा स‌ंशाेधनको पक्षमा रहेका दलहरुले दुई तिहाईले पक्षमा मतदान गर्ने अाशा गरेका छन् । यसै कारण पनि राजपा निर्वाचरमा जान तयार भएको बुझिएकाे छ ।

अहिलेसम्म संविधान संशोधनको पक्षमा
कांग्रेस- २०७
माओवादी केन्द्र- ८०
राप्रपा प्रजातान्त्रिक- २२
फोरम लोकतान्त्रिक- १७
राष्ट्रिय जनता पार्टी- २५
संघीय समाजवादी फोरम- १५
नेकपा संयुक्त- ३
अखण्ड पार्टी नेपाल- १
समाजवादी जनता पार्टी- १
नेपाल परिवार दल २ गरि जम्मा–३७३
आवश्यक संख्या–३९५
अपुग – २२
यदि संशोधनको पक्षमा १५ सांसद भएको राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तयार भए ७ मतको कमी हुनेछ ।

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्