कोशी अञ्चलमा मंगलबार र बुधबार यातायात बन्द हुँदै


 


भोजपुर, साउन ४

कोशी अञ्चलका यातायात व्यवसायीले मंगलवार र बुधबार यातायात वन्दको आह्वान गरेका छन् । गत जेष्ठ १८ गते ईटहरी धरान सडकखण्डको सेउती खोलाको पुल छेउमा भएको सवारी दुघर्टनामा परी मृत्यु भएकी एक महिलाको विषयमा ईलाका प्रहरी कार्यालय ईटहरीले चालकहरुलाई दुख दिएको र चालक दुर्गा प्रसाद घिमिरेलाई विना प्रमाण अदालत पुर्याएको भन्दै वन्दको आह्वान गरेको हाे ।

चालक घिमिरेलाई विना सर्त रिहाईको माग गर्दागर्दै अदालत पुर्याईएको यातायात व्यवसायीको भनाई छ । यही विषयलाई लिएर मंगलबार र बुधबार कोशी राजमार्गमा चल्ने भाडाका सवारी साधन वन्द गर्ने निर्णय गरेको यातायात व्यवसायीले वताएका छन् ।

प्रकाशित मिति: ४ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्