बाढी प्रभावित क्षेत्रमा अर्को भ्रामक हल्ला, पीडित झन त्रसित बन्दै


 


काठमाडौं, भदौ ४
बाढी प्रभावित क्षेत्रमा भ्रामक हल्ला फैलाएर बाढीबाट त्रसित बनेका बाढीपीडितहरुलाई झन त्रसित बनाउने कार्य भइरहेको छ ।
केही दिनदेखि तराईमा विभिन्न थरिका भ्रामक हल्ला फैलाइँदैछ ।

अहिले तराई क्षेत्र विशेषगरि सुनसरी र त्यसआसपासका जिल्लाहरुमा भाइरल बनेका दुई वटा हल्लाले स्थानीयलाई त्रसित बनाएको छ ।
कोशीको बाँध फुट्दै र फुट्न लाग्यो भन्ने निराधार हल्ला सेलाउन नपाउँदै थप अर्को हल्ला फैलाइएको छ । जुन हल्लाले स्थानीय प्रशासनको पनि ध्यान केन्द्रीत गरेको छ ।

शुक्रबार मात्रै सुनसरीको इनरुवामा एक बालिकाको अज्ञात रुपमा कपाल काटिएको हल्ला भाइरल बनेको थियो ।
शनिबार पनि तराईमा एक महिलाको कुकुरको भेषमा आएर कपाल काटेको र महिला बेहोस् भएको हल्ला फिजाइएको थियो ।

हल्लाकै कारण स्थानीयमा बढ्दो त्रासले महिला र किशोरीहरुलाई थप पिरोलेको छ । हल्ला फिजाइएपछि स्थानीय प्रशासनले हल्लाको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले समेत ग्रामिण वस्तीहरुमा हल्ला फैलिएको बताएका छन् । प्रहरीले पनि यसबारेका अध्ययन भइरहेको र हल्ला फिजाउनेको खोजी भइरहेको जनाएको छ ।

भारतीय संचारमाध्यमहरुले सो विषयलाई किराले महिलाको कपाल टुक्राउने गरेको निष्कर्श निकालेको थियो । भारतमा मैकी नामको किराले कपाल काट्ने गरेको र कपाल काटेपछि महिलाहरु पनि बेहोस् हुने गरेको पाइएको थियो ।

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्