सातवटै प्रदेशमा एआईजी पदस्थापन, कसलाई कहाँ खटाइयो ?


 



काठमाडौं, भदौ ५
प्रहरी प्रधान कार्यालयले ११ जना एआईजीहरुको पदस्थापना गरेको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार सातवटै प्रदेश तथा राजधानीका विभिन्न शाखाहरुमा एआईजीलाई पदस्थापना गरिएको छ।

जसअनुसार अपराध अनुसन्धान विभागमा एआईजी बमबहादुर भण्डारीको पदस्थापन भएको छ। यसअघि उनी महानगरीय प्रहरी कार्यालमा थिए।

यसअघि आईजीपीको दौडमा रहेका तथा र सर्बोच्चको आदेशले असफल भएका एआईजी जयबहादुर चन्दलाई महानगरी प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी दिइएको छ। यसअघि उनी लागूऔषध नियन्त्रण व्यूरोमा थिए।

त्यस्तै, एआईजी देवेन्द्र सुवेदीको पदस्थापना राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा हुँदा माधवप्रसाद जोशीलाई प्रशासन विभागको जिम्मेवारी दिइएको छ।

त्यस्तै, यसअघि डीआईजीले कमाण्ड गर्दै आएको क्षेत्रीय प्रहरी कार्यालय (अहिले प्रदेश कार्यालय) को जिम्मेवारी एआईजीलाई दिइएको छ। जसमध्ये १ नम्बर प्रदेशमा पशुपति उपाध्याय, २ मा विजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मिङमार लामा, ६ मा रणबहादुर चन्द र ७ मा विजयकुमार भट्टलाई खटाइएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्