प्रदेश र संसदको निर्वाचन मंसिर १० गते गर्ने सरकारको घोषणा


 



काठमाडौं, भदौ ५
सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले मंसिर १० गते प्रदेश र संसदको निर्वाचन एकैपटक गर्ने गरि निर्णय गरेको हो ।

दलहरुले निर्वाचन एकै चरणमा गर्ने पक्षमा सहमत भएपछि सरकारले मंसिर १० गतेको लागि निर्वाचनको मिति तोकेको सरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

उनले सरकारले गरेको निर्णयबारे अब निर्वाचन आयोगलाई जानकारी दिने बताए । यसअघि निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न नसकिने प्रतिक्रिया दिएको थियो ।

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्