पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी, प्रदेशमा मिश्रित परिणाम (मतपरिणामसहित)


 



काठमाडौं, भदौ ६
नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियन–प्रेस सेन्टरलगायतको प्यानलका उम्मेदवार गोविन्द आचार्य बिजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी–प्रेस सोसाइटीका तर्फका उम्मेदवार तिर्थ कोइरालालाई १०५ मतले पराजित गरे ।

आचार्यले ७३२ मत प्राप्त गरे भने प्रेस चौतारीसहितका संयुक्त प्यानलबाट चुनाव लडेका कोइरालाले ६२७ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा बिपुल पोख्रेल, उपाध्यक्ष समावेशीमा दिलिप थापामगर, महासचिबमा रमेश बिष्ट, सचिबमा रामप्रसाद दाहाल, सचिब महिलामा लक्ष्मी पुन, सचिब आदीवासी जनजातीमा उदय जिएम, सचिब मधेशमा शीतलप्रसाद महतो, सचिब दलितमा रेमबहादुर विश्वकर्मा, सचिब एशोसिएटमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र बिजयी भएका छन् । पदाधिकारीमा विजयी सबै आचार्य प्यानलका हुन् ।

त्यस्तै, आचार्यकै प्यानलबाट दलित तर्फ गोपाल बराइली, सुर्य विक, आदिवासी जनजाती तर्फ राजेश चाम्लिीङ राई, मभेश तर्फ अबधेश झा, सुरेश कुमार यादब, अपांगता तर्फ माधव चम्लागाँई, अल्पसंख्यक तर्फ मोहमद इजहारुल हक मिकरानी बिजयी भएका छन् । त्यस्तै लेखा समितिसंयोजक रोशन पुरी, सदस्य भुपेन्द्र आचार्य र मिराराज भण्डारी बिजयी भएका छन् ।

काठमाडौं उपत्यकाबाट केन्द्रीय सदस्यमा लेखनाथ न्यौपाने र गोविन्द चौलागाँई बिजयी भएका छन् । न्यौपाने प्रेस युनियन–प्रेस सेन्टर प्यानल तथा चौलागाँई प्रेस चौतारी–प्रेस सोसाइटीको प्यानलबाट बिजयी भएका हुन् । त्यस्तै प्रतिष्ठान शाखाबाट आचार्य नेतृत्वका प्यानलबाट यम बिरही र टिकाराम प्रधान बिजयी भएका छन् ।

 

 

 

कुन प्रदेशबाट को–को विजयी ?

प्रदेश नम्बर १
सटेन्द्र जबेगु (प्रेस चौतारी)

उद्धब तिमिल्सीना (प्रेस युनियन)

प्रदेश नम्बर २
देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी)
र श्याम भट्ट (प्रेस सेन्टर)

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

 

 

 

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्