एमालेले बोलायो स्थायी समिति बैठक, के गर्छ निर्णय ?


 


काठमाडौं, भदौ ७

नेकपा एमालेले आज स्थायी समितिको बैठक बोलाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको जनाइएको छ ।

बैठक अहिले साढे ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । बैठकमा पछिल्लो राजनीतिधक अवस्थासंगै निर्वाचनको तयारी, सरकारको कामकारबाही, बाढीपीडितको उद्धारलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, संविधान संशोधन विधेयक फेल भइसकेपछिको अवस्थामा अब कसरी अगाडि भन्ने विषयमा पनि निर्णय गरिने एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्