Deshko News
१४ मंसिर २०८०, बिहिबार

प्रधानमन्त्री देउवा दिल्ली पुगे, विदेशमन्त्री स्वराजद्वारा स्वागत


 



काठमाडौं, भदौ ७

पाँचदिने भ्रमणका लागि भारत गएका प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली पुगेका छन् । इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागत गरेकी छन् ।

प्रधानमन्त्री देउवा त्यहाँबाट भारतीय राष्ट्रपति भवनतर्फ लागेका छन् । देउवालाई बस्ने व्यवस्था राष्ट्रपति भवनमै बनाइएकाे छ।

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।

 

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्