एमालेले गर्यो गम्भीर निर्णय, विदेश भ्रमणमा यस्तो कडाई


 



काठमाडौं, भदौ ८
नेताहरूको अनियन्त्रित विदेश भ्रमण मोहले पार्टीमा अराजकता मौलाएको निष्कर्ष निकाल्दै एमालेले अबदेखि केन्द्रीय अध्यक्षको जानकारीविना कुनै पनि नेता भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय, धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष केपी ओलीको जानकारीविना कुनै पनि नेता विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ ।

गत असारयता वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालसहित एक दर्जन बढी पदाधिकारी तथा केन्द्रीय तहका नेताले विभिन्न देशको भ्रमण गरेका छन् । तर, तीमध्ये अधिकांशले पार्टी अध्यक्ष, विदेश विभाग प्रमुख र केन्द्रीय कार्यालयलाई जानकारी नै नदिएको पाइएपछि कडा निर्णय गर्नुपरेको स्थायी समितिका एक सदस्यले बताए ।

‘पार्टीका नेताहरूको विदेश भ्रमण मोह अनियन्त्रित र मनपरी ढंगले अघि बढेको देखियो, ठूलो पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय तहका नेताहरूको भ्रमण दुई पार्टीबीच मात्रै होइन, दुई देशबीचको सम्बन्धसँग पनि जोडिएको हुन्छ,’ ती सदस्यले भने, ‘तर, भ्रमणबारे पार्टी नै बेखबर हुने, स्थायी समितिमा भ्रमणका उपलब्धिबारे प्रतिवेदन पनि नबुझाउने स्थितिले पार्टीमा अराजकता मौलायो । त्यसकारण संस्थागत पद्धति र मर्यादा कायम राख्न पनि कडाइसाथ निर्णय गरिएको हो ।’

नेपालले साउन दोस्रो सातादेखि भदौ पहिलो सातासम्म गरेको अस्ट्रेलिया र उत्तरकोरियाको भ्रमणबारे जानकारी नभएको, उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराई बुधबार पार्टीको जानकारीविनै चीन प्रस्थान गरेको विषयले प्रवेश पाएपछि छलफल भएको थियो ।

‘कुनै व्यक्ति विशेषको नाम उच्चारण गरेर होइन, सांकेतिक रूपमा गलत भइरहेकाले पार्टीलाई जानकारी हुनुपर्ने विषयमा छलफल भएको हो’ स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भने, ‘विवादका रूपमा होइन ।’ नेता नेपालको सांकेतिक रूपमा आलोचना भए पनि उनी भने बैठकमै अनुपस्थित थिए ।

बाढीपीडितलाई राहत हस्तान्तरणका लागि नेपाल गृहजिल्ला रौतहट छन् । नेपालनिकट स्रोतले भने विदेश विभाग प्रमुख भएका कारण उनले भ्रमणका लागि पार्टीमा संस्थागत निर्णय गराउनु नपर्ने भएकाले नेतृत्वमा गलत बुझाइ भएको हुन सक्ने दाबी गरेको छ । ‘बरु अरू नेताले विदेश विभाग प्रमुखका रूपमा उहाँलाई जानकारी गराउनुपर्छ,’ स्रोतले भन्यो ।

फेसबुकको जानकारीबारे आलोचनाबैठकमा मंगलबार चीन भ्रमणमा गएका उपमहासचिव घनश्याम भुषाल, सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य डा. विजय पौडेल र पर्शुमेघी गुरुङ, चेक रिपब्लिकको भ्रमणमा गएकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत भएको भन्दै सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायतले आलोचना गरेका थिए ।

उनीहरूले अनियन्त्रित विदेश भ्रमणले पार्टी पद्धति र अनुशासन उल्लंघन भएको बताएपछि स्थायी समितिले भ्रमणमा कडाइ गर्ने निर्णय गरेको हो ।

महासचिव पनि विदेशमा बैठक सञ्चालन गर्ने महासचिव ईश्वर पोखरेल बुधबारको बैठकमा अनुपस्थित थिए । उनी प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन बुधबार स्वकीय सचिव दीपेन्द्र श्रेष्ठसहित बेल्जियम र फ्रान्सतर्फ प्रस्थान गरेका हुन् ।

बक्स यसरकाण कडाइ गर्ने निर्णय वामदेव गौतम, उपाध्यक्ष पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अस्ट्रेलियाबाट फर्किएलगत्तै उत्तरकोरिया भ्रमणमा जानुभयो । त्यसको जानकारी अध्यक्षलाई रहेनछ ।

उपमहासचिव घनश्याम भुषाल पनि बुधबार चीन गएको तर पार्टीलाई जानकारी नभएको कुरा उठेपछि अध्यक्षको जानकारीमा भ्रमण हुनुपर्ने निर्णय भएको हो । पूर्वप्रधानमन्त्री जस्तो संवैधानिक अंगबराबरकै व्यक्तिले भ्रमण गर्दा त अझ परराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिनुपर्ने हुन्छ । बैठकमा यिनै कुरा भएका हुन् ।

दुई महिनायता विदेश भ्रमण गर्ने एमाले नेता केपी शर्मा ओली, अध्यक्ष–चीन (साउन)झलनाथ खनाल, वरिष्ठ नेता –दक्षिण कोरिया (साउन)माधवकुमार नेपाल, नेता– अस्ट्रेलिया (साउन), उत्तर कोरिया (भदौ) ईश्वर पोखरेल, महासचिव–बेल्जियम, फ्रान्सघनश्याम भुषाल, उपमहासचिव–चीन (भदौ)योगेश भट्टराई, सचिव–चीन (भदौ) पृथ्वीसुब्बा गुरुङ, सचिव– कतार (असार) विन्दा पाण्डे, पोलिटब्युरो सदस्य–इजरायल (असार) रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य–चीन (साउन) रामकुमारी झाँक्री, केन्द्रीय सदस्य–चेक रिपब्लिक
दल दर्ताको जिम्मा गौतमलाई बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिएको छ ।

एमालेले ९ भदौमा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । त्यस्तै, बैठकले ६, ७ र ८ असोजमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्