Deshko News
९ आश्विन २०८०, मंगलबार

अब राजधानीमा निःशुल्क ईन्टरनेट, यी ठाउँमा हुँदैछ जडान



काठमाडौं, भदौ ९

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारी योजना अगाडि बढाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ। ‘सो क्षेत्रमा बोर्डब्याण्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद आचार्यले भने,‘ सो क्षेत्रमा नेटवर्क विस्तारका लागि इच्छुक कम्पनीबाट आवेदन मागिएको छ।’

प्राधिकरणले उक्त स्थानमा ब्रोडब्याण्ड इन्टरनेट नेटववर्क बिस्ताका लागि इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिनसक्ने गरी ४ भदौमा सूचना निकालेको छ।

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News