देउवाले पानी पिएको गिलास स्वराजले लिन खोजेपछि…


 



नयाँदिल्ली, भदौ ९
हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय प्रधानमन्त्री मोदी बायाँतिर उभिएका थिए ।

मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन् । उनी मोदी र देउवा उभिएको स्थानतिर गइन् । दुवैजना रहेको बीचमा पानी र गिलास थियो । स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे ।

बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै दिइन् । पानी पिएपछि देउवाको गिलास पनि स्वराजले लिन खोजिन्, तर बीचमै दूतावासका कर्मचारी सिर्जना अधिकारीले समाइन् । स्वराज आफ्नो सिटमा फर्किइन् । आजको नयाँ पत्रिकामा खबर छ।

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्